stcnepal long ad
global ime bank long

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष निर्वाचन शुक्रबार हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्ष पदका लागि तय गरिएको निर्वाचन कार्यक्रम आगामी शुक्रबार सञ्चालन हुने भएको छ।

निर्वाचन प्रक्रिया रोक्न माग गर्दै दायर गरिएको मुद्दामा उच्च अदालतले अन्तरिम आदेश जारी नगर्ने निर्णय दिएसँगै निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाउने बाटो खुलेको हो।

महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले पूर्वनिर्धारित कार्यतालिका अनुसार नै कार्यसमिति बैठक तथा निर्वाचन प्रक्रिया नियमित रूपमा सञ्चालन गरिने जानकारी दिएका छन्।

वरिष्ठ उपाध्यक्ष पदका लागि रामचन्द्र संघई, सुरकृष्ण श्रेष्ठ, हेमराज ढकाल र भरतराज आचार्यबीच प्रतिस्पर्धा हुने देखिएको छ।

त्यस्तै, कोषाध्यक्ष पदका लागि अम्बिका पौडेल र महेशलाल प्रधानबीच प्रतिस्पर्धा हुने चर्चा रहेको छ।

IME Lifesidebar
kumari