citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

साल्ट ट्रेडिङको खुद नाफा ४८ लाख ८५ हजार

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ६४.९४ प्रतिशत ले थोरै हो ।

गत वर्ष कम्पनीले १ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको लिमिटेडले जनाएकाे छ । कम्पनीको बिक्रीबाट हुने आम्दानी पनि ३०.६० प्रतिशत बाट घटेर १ अर्ब ५९ करोड रुपैयाँमा झरेको छ । गत वर्ष यसले बिक्रीबाट २ अर्ब ३० करोड रुपैयाँ आम्दानी गरेको थियो ।

हाल साल्ट ट्रेडिङको चुक्ता पुँजी २३ करोड ४ लाख २९ हजार रुपैयाँ रहेको छ । यस्तै रिजर्भ कोषमा १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४८ पैसा रहेको छ। यसको प्रतिसेयर नेटवर्थ ४४९ रुपैयाँ ६६ पैसा रहेकाे जनाएकाे छ ।

himalayan life insurance
igi long