stcnepal long ad
himalayan life insurance long ad

पञ्चकन्या स्टिललाई सिआइआई ग्रिनप्रो प्रमाणपत्र

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पञ्चकन्या ग्रुपको सिस्टर कन्सर्न उद्योग पञ्चकन्या स्टिलको उत्पादन टिएमटी रिब्डबारले सन् २०२४ का लागि सिआइआई ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ ।

नेपालमा यस्तो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको कम्पनीले जनाएको छ ।

असोज ३० गते भारतको दिल्लीमा आयोजित एक कार्यक्रममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठले प्रमाणपत्र ग्रहण गर्नुभएको थियो ।

पञ्चकन्या स्टिलको टिएमटी रिब्डबारले प्रतिष्ठित ग्रिनप्रो प्रमाणपत्र प्राप्तिपछि कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको थप एक महत्वपूर्ण उपलब्धिसमेत भएको कम्पनीको दाबी छ ।

कन्फेडेरेसन अफ इण्डियन इण्डस्ट्री (सिआइआई) सोराब्जी गोदरेज ग्रिन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रिनप्रो प्रमाणपत्रले वातावरण संरक्षणका लागि कडा मापदण्ड पूरा गर्ने उत्पादनलाई मान्यता दिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।