stcnepal long ad
ime life insurance
national life
global ime bank long

आईसीसी चेम्बरको राजेशकाजी श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । इन्टरनेसनल चेम्बर अफ कमर्स (आईसीसी) को नयाँ अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् । आइतबार सोल्टी होटलमा सम्पन्न साधारणसभाले श्रेष्ठको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा छन् भने उपाध्यक्षहरूमा संस्थागततर्फबाट राजेन्द्र मल्ल, एसोसिएसनको तर्फबाट दिनेश श्रेष्ठ बैंक वित्तीय क्षेत्रको तर्फबाट सुनिल केसी, इस्योरेन्स क्षेत्रको तर्फबाट चंकी क्षेत्री र एसोसिएसनको तर्फबाट राजेन्द्र अर्याल चयन भएका छन् ।

नेपालमा विदेशी लगानी भित्र्याउने र नेपाली उत्पादनलाई विदेशी बजारमा पुर्‍याउने उद्देश्यअनुरूप गठन भएको आईसीसीमा यसअघि सुरेन्द्रवीर मालाकार अध्यक्ष थिए ।

यसैगरी सदस्यहरूमा देशबन्धु बस्नेत ‘अजित’, सुशान कर्माचार्य, अशोक शेरचन, सुदेश खालिङ, कुमुद दुगड, अशोक अग्रवाल, सञ्जय अग्रवाल, सुधीर मित्तल, सुयोग श्रेष्ठ, उपासना पौडेल, त्रिभुवनधर तुलाधर, उर्मिला श्रेष्ठ, विजय श्रेष्ठ, सुदर्शन चापागाईं, रेखा घिमिरे, रवि सिंह, रमेश शर्मा, रविचन्द्र सिंह, आरएस भण्डारी, पृथ्वीकुमार कार्की, नरेश श्रेष्ठ, मीनबहादुर गुरूङ, लाक्पा शोनाम शेर्पा, कुस मल्ली, ज्ञानबहादुर ढुंगाना, गोविन्द गुरूङ, दीपककुमार श्रेष्ठ, गणेश कार्की, विप्लव पौडेल र अर्जुन शर्मा चयन भएका छन् ।

IME Lifesidebar
kumari