citizens life insurance long ad
stcnepal long ad
national life

जोनसेनले नेपाल ल्यायो ९ मोडलका मोटरसाइकल र स्कुटर, यस्तो छ मूल्य

Prabhu Insurance Long Ad

काठमाडौं । चिनियाँ टु–ह्विलर ब्रान्ड जोनसेन नेपाल भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक स्यामुकापु ट्रेडिङले मोटरसाइकल र स्कुटर गरी कुल ९ वटा मोडल लन्च गरेको हो । कम्पनीले लन्च गरेको मोडलमा शक्तिशाली अफरोड मोेटरसाइकलदेखी प्रिमियम मोडलका बाइक सामेल छन् ।

कम्पनीले ल्याएको २१६.६ सिसी ईन्जिन क्षमताको मोटरसाइकलको मूल्य ५ लाख ६० हजार, १४९.४ सिसीको ३ लाख ३० हजार, १९६.४ सिसीको ३ लाख ७५ हजार र ११९.६ सिसीको २ लाख ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, १६६.४ सिसी क्षमतायुक्त मोटरसाइकलको ३ लाख ८४ हजार, १९८.८ सिसीको ४ लाख ५५ हजार, २३० सिसीको ४ लाख ७० हजार, २१७ सिसीको ४ लाख ९० हजार तथा २५० सिसीको ६ लाख ५० हजार रुपैँया तोकिएको छ ।

सन् १९९६ देखी मोटरसाइकल उत्पादन गर्दै आएको जोनसेन चीनको उत्कृष्ट ५०० इन्टरप्राइजेज तथा ३० अटोमोबाइल कम्पनीमा सामेल रहेको जनाइएको छ ।

जोनसेनले विश्वका ८० भन्दा बढी राष्टमा वार्षिक ३ लाख बढी मोटरसाइकल निर्यात गर्दै आएको छ । इलेक्ट्रिक टु–ह्विलर समेत बिक्री गर्ने जोनसेनले ७० लाखभन्दा बढी कम्पोनेन्ट उत्पादन गर्दै आएको छ ।

यसअघि हिरो मोटरसाइकल बिक्री गर्दै आएको ज्योती ग्रुपले यो मोटरसाइकललाई नेपाल ल्याएको हो । कम्पनीले विराटनगर, विरगंज, भरतपुर, काठमाडौं, पोखरा, भैरहवा र वुटवलस्थित शोरुमबाट बाइक बिक्री गर्ने तयारी गरेको छ । यी बाइकमा दुई वर्ष अर्थात ३० हजार किलोमिटर वारेन्टि प्रदान गर्ने कम्पनीले जनाएको छ ।

फाइनान्स र एक्सचेन्जको सुविधा समेत उपलब्ध रहने यी मोटरसाइकलको खरिदमा ग्राहकले ६ वटा फ्रि सर्भिसिङ र हेल्मेट पाउनेछन् ।आजदेखी सुरु हुने नाडा अटो शोमा समेत यी मोटरसाइकल र स्कुटर अवलोकन गर्न पाइनेछ ।

himalayan life insurance
igi long