stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपालमा पहिलो पटक एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम आयोजना हुँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालले एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाल इन्टरनेट फाउन्डेसनले डिजिटल इम्पावरमेन्ट फाउन्डेसन र इन्टरनेट सोसाइटीसँगको सहकार्यमा यही भदौ १५ गते एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज २०२४ आयोजना गर्न लागेको हो ।

कार्यक्रम टेक्सास इन्टरनेशनल कलेज मित्रपार्क काठमाडौंमा शनिबार बिहान ९ बजेदेखि सञ्चालन हुनेछ । यस वर्ष पहिलो पटक एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमले कनेक्टिभिटी, डिजिटल समावेशिता र कम्युनिटी नेटवर्क पहलहरूलाई एकै ठाउँमा ल्याउन मद्त पुर्‍याउने छ ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङको उपस्थिति रहने छ भने विशेष अतिथिको पूर्व मन्त्री गणेश शाह, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी, काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष विमलकुमार होडा, टेक्सास कलेजका अध्यक्ष भेषराज पोखरेल, इन्टरनेट सोसाइटीका क्षेत्रीय पूर्वाधार तथा डिजिटल कनेक्टिभिटी निर्देशक नाभिद उल हक र डिजिटल इम्पावरमेन्ट फाउन्डेसनका सौरभ श्रीवास्तव लगायतको सहभागिता रहने छ ।

कार्यक्रमको थिम ‘इम्पावरिङ भ्वाइसेस, कनेक्टिङ कम्युनिटिजः कम्युनिटी नेटवर्क्स फर सोसल चेन्ज’ राखिएको छ ।

भदौ १५ गते हुन लागेको कम्प्युनिटी नेटवर्क एक्सचेञ्जको उद्देश्य जनचेतना जगाउने, ज्ञान आदान प्रदान गर्ने, क्षमता अभिवृद्धि गर्ने, सहकार्यमा जोड दिने र नीति पैरवीमा काम गर्ने रहेको छ ।

सन् २०१७ देखि डिजिटल इम्पावरमेन्ट फाउन्डेसनले इन्टरनेट सोसाइटीसँगको सहकार्यमा कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम सुरू गरेको थियो ।

कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रमलाई नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, सूचना प्रविधि विभाग, हेलो वर्ल्ड, टेक्नोलोजी फर अल, लायन्स क्लब अफ काठमाडौं साइबर वर्ल्ड, एनपीनग, टेक्सास कलेज, इन्टरनेट एक्सचेन्ज नेपाल, जेसीआई बूढानीलकण्ठ, सेल्फी विथ डटर, लजगा, वर्ल्डलिंक, सुबिसु, वेब सर्फर, सजिलो नेट, स्काइ ब्रोडब्याण्ड, एनसेल, एभरेष्ट लिंक, डेटा हब, इन्डिया इन्टरनेट फाउन्डेसन र आईसीटी समाचार डटकमलगायत रहेका छन् ।

IME Lifesidebar
kumari