stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

होटल सब्रिनाको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । होटल सब्रिनाले एनएमबि क्यापिटललाई संस्थागत परामर्शदाता तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

साधारण सेयर निष्कासन गर्नका लागि होटल सब्रिनाले एनएमबि क्यापिटललाई संस्थागत परामर्शदाता तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

असार २२ गते एनएमबि क्यापिटलको रजिस्टर्ड कार्यालयमा होटल सब्रिना लिमिटेडका तर्फबाट संस्थापक तथा अध्यक्ष निराजन थापा साथै धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकता पूरा गरी धितोपत्र यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडि बढाइने होटल सब्रिनाका संस्थापक तथा अध्यक्ष निराजन थापाले बताएका छन् ।

रोयल अर्किड होटल ब्राण्ड अन्तर्गत ४८ भन्दा बढी स्थानहरुमा १ सयभन्दा बढी होटलहरु सञ्चालनमा रहेका छन्। नेपालमा यस ब्राण्डअन्तर्गत सञ्चालनमा आएका होटलमध्ये होटल सब्रिना पहिलो हो ।

prabhu mahalaxmi
kumari