stcnepal long ad
ime life insurance
national life
global ime bank long

आजबाट रसुवागढी नाका पुनः सञ्चालनमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

रसुवा । विगत ६ महिनादेखि ठप्प भएको रसुवागढी नाका आजबाट सोमबारबाट पुनः सञ्चालनमा आएको छ । कोभिड–१९ का कारण गत माघ १५ देखि नै रसुवागढी नाकाबाट आयात–निर्यात तथा आवत–`जावत ठप्प थियो ।

त्यसअघि पनि ल्होसार पर्व, पहिरो र हिमपातका कारण केही दिन आयात–निर्यात रोकिएको थियो । नाका आज सोमबार बिहान सञ्चालनमा आएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए ।

उताबाट आएका सामान यता १० देखि १२ कन्टेनरमा राखिने छन् । चीनबाट आएका सामानमा जुत्ता, चप्पल, लत्ताकपडा लगायत रहेको र तिनलाई मितेरी पुलमा नेपाली कन्टेनरमा लोड गर्ने काम भइरहेको खड्काले बताए ।

खड्काका अनुसार चीनबाट अब दैनिक ४ कन्टेनर सामान आउने छ । सामान लोड तथा अनलोड गर्न १५ कामदार र ढुवानी गर्न १५ जना चालक गरी ३० जना नाकामा खटिएका छन् । चालक र कामदारको दैनिक स्वास्थ्य परीक्षण गरिनेछ ।

मितेरी पुलसम्म आइपुगेको सामान १५ जना कन्टेनर चालकले पालैपालो पुनः ढुवानी गरेर भन्सार यार्डसम्म पु¥याउने काम गर्छन् ।

भन्सार यार्डबाटै सामानको जाँचपास हुने रसुवा भन्सार कार्यालयले जनाएको छ । सामानको जाँचपास पछि अन्य चालकले सामान सम्बन्धित ठाउँसम्म लैजाने छन् । टिमुरेभन्दा माथि कन्टेनर चालक, कामदार, सुरक्षाकर्मी र कर्मचारी बाहेक अन्यलाई जानबाट रोक लगाइएको छ ।

सुरक्षित तरिकाले सामान आयात गर्ने विषयमा दुवै देशका सीमामा जोडिएका जिल्लाका समकक्षीहरूबीच असार १० गते मितेरी पुलमा छलफल भएको थियो ।

रसुवागढी नाकाबाट केरुङसम्मको दुरी २४ किलोमिटर छ । आयात–निर्यात ठप्प हुँदा राजस्व संकलन प्रभावित भएको प्रमुख भन्सार अधिकृत खड्काले बताए । यो नाकाबाट मुख्य गरी ५ वटा मालवस्तु पैठारी भइरहेको कार्यालयले जनाएको छ ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari