citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिम

kumari bank
Prabhu Insurance Long Ad
global bank

हेटौंडा । नेपाली मौलिक कला र सीपमा आधारित लघु तथा घरेलु उद्योगका उत्पादनहरु प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्ष ०८१÷८२ मा विशेष कार्यक्रम ल्याउने भएको छ ।

यसका लागि प्रदेशभित्रै उत्पादन र बजारीकरणमा संलग्न गराउने गरी युवा शक्तिलाई परिचालनका निम्ति प्रदेश सरकारले सूक्ष्म ढंगले अध्ययन गरिरहेको बताइएको छ ।

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, बागमती प्रदेशको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ–बागमती प्रदेशको संयोजनमा विहीबारबाट सञ्चालित साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिम उद्घाटन गर्दै उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले भन्नुभयो, ‘बागमती प्रदेशमा पर्यटन, वनक्षेत्र, उत्खनन क्षेत्रमा आधारित मौलिक हिसाबले बनाइएका बस्तुुहरुको माग छ ।

स्वदेशी तथा विदेशी पर्यटकहरुको रोजाई पनि नेपालको पहिचान दिने बस्तुहरु रहेको छ । तर, मौलिक बस्तु बनाएर पहिचान दिन खोज्नेलाई बुझाउन सकेनौ, बजार खोजिदिन सकेनौं । त्यसैले पनि कोशेली घर, औद्योगिक ग्राम र ई–कमर्शलाई अघि सारिएको हो’, उहाँले थप्नु भयो ।

विगतमा स्थापना भएका औद्योगिक ग्राम र कोशेली घरको प्रचारप्रसार राम्ररी हुन नसकेको बताउँदै मन्त्री श्रेष्ठले यी कार्यक्रमहरुलाई निरन्तरता दिँदै समय अनुसारका नयाँ नयाँ कार्यक्रमहरु ल्याएर उद्यमीहरुलाई प्रोत्साहन गर्ने नीति रहेको बताउनु भयो, ‘बागमती प्रदेशका १३ वटै जिल्लामा औद्योगिक ग्राम र ११९ स्थानीय तहमा कोशेली घरहरु सञ्चालनमा ल्याउँदैछौं ।

जिल्ला, १० देखि १५ निर्वाचन क्षेत्र र आधाभन्दा बढी स्थानीय तहहरुमा लागू हुने गरी आगामी योजना बनाउने लक्ष छ’, श्रेष्ठले थप्नु भयो ।

निर्देशनालयको आर्थिक वर्ष २०८०÷८१ मा स्वीकृत वार्षिक सीप विकास, जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी कृयाकलाप अन्तर्गत हेटौंडाबाट ३ दिनसम्म साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिम सुरु भएको हो ।

कार्यक्रममा नेउवा महासंघ बागमती प्रदेशका उपाध्यक्ष गुणराज श्रेष्ठले अधिकांश लघु तथा घरेलु उद्यमीहरुलाई उत्पादन प्रवद्र्धन गर्ने तरिका थाहा नहुँदा बजारमा सजिलै बिक्ने र अत्यधिक माग भएका बस्तुहरुसमेत त्यसै थन्किएका दृष्टान्त दिनु भयो ।

प्रदेश महासंघले पहिलो पटक प्रदेश सरकारसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्दा लक्षित वर्गलाई अधिकाधिक फाइदा पुग्ने विचार व्यक्त गर्नुभयो ।

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, बागमती प्रदेशका निर्देशक गोविन्द सिग्देलले आगामी आर्थिक वर्ष ०८१÷८२ का लागि बजेटको सिलिङ कम भएर आए पनि धेरैभन्दा धेरै साना तथा लघु उद्यमीहरुलाई समेट्ने गरी ई–कमर्श तालिमको निरन्तरता दिने र डिजिटलमा आधारित नयाँ नयाँ कार्यक्रमहरु ल्याउने गरी योजना बनाइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेउवा महासंघ बागमती प्रदेशको लघु तथा घरेलु उद्योग समितिका सभापति लक्ष्मी खनालले ठुला उद्योगीहरुको तुलनामा साना उद्योगहरुले डिजिटल प्रणालीमा जान, उत्पादनलाई बजारीकरणमा लैजान समस्या भोगिरहेको अवस्थालाई हेरेर नमूनाका रुपमा पहिलो पटक ई–कमर्श तालिम सञ्चालन गरिएको बताउनु भयो ।

पहिलो पटक साना तथा लघु उद्यमी समुदायको डिजिटल पहुँच वृद्धि गरी डिजिटल अर्थव्यवस्थामा सहभागी बनाउन साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिममा नेउवा महासंघ बागमती प्रदेशको लघु तथा घरेलु उद्योग समितिका सदस्य मधुसुधन गुरागाईंले सहजकीकरण र हाइपर्सका प्रशिक्षकहरु सौरभ चालिसे, पियुषलाल श्रेष्ठले प्रशिक्षण दिइरहनु भएको छ ।

यो पुस्ताले बिर्सनै नसक्ने महामारी कोभिड–१९ अगाडिसम्म ई–कमर्शप्रति त्यति विश्वास थिएन । अविश्वासको नजरले हेरिन्थ्यो तर अहिले धारणा फेरिएको मात्रै नभई हामीले दैनिकीमा समेत ई–कमर्शको रुटिन अपनाइरहेका छौं । बस्तु र सेवा यसमाध्यममार्फत बिक्री वितरण हुन थालेपछि ई–कमर्शबाट स्वदेशमै नयाँ नयाँ रोजगारीसमेत सिर्जना भएको छ ।

तालिमपश्चात साना तथा लघु उद्यमीहरुले आफ्ना वस्तु तथा सेवाहरुलाई कसरी डिजिटल प्लेटफर्ममा समावेश गर्ने, कुन प्लेटफर्म उपयुक्त हुन्छ, कस्तो प्रस्तुति दिने, स्वदेश तथा विदेशमा समेत कसरी बजार खोज्ने, नेटवर्किङ, डिजिटल पेमेन्ट, साइबर सुरक्षालगायतका विषयहरुमा ज्ञान र सीप हासिल गर्ने लक्ष्य राखिएको छ ।

तालिममा १३ जिल्लाका २८ वटा जिल्ला÷नगर उद्योग वाणिज्य संघ, १३ वटा जिल्लाका घरेलु तथा साना उद्योग महासंघ, निर्देशनालायमातहतका ७ वटा उद्योग वाणिज्य कार्यालय र मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरु गरी १ सय जनाको सहभागिता रहेको छ । सहभागीमध्ये ४५ जना महिला र ५५ जना पुरुष रहेका छन् ।

gold
himalayan life insurance long ad