stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल बिटुमिन उद्योगको ३ वर्षको साधारण सभा सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लिमिटेडको ३३, ३४ र ३५औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको अस्वस्थताका कारण उद्योगका प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठको अध्यक्षतामा कम्पनीको मुख्य कार्यालय कृष्णगल्ली पुल्चोक, ललितपुरमा भर्चुअल माध्यम (जुम मार्फत) साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा सेयरधनीहरुको प्रश्नको जवाफ दिँदै प्रबन्ध सञ्चालक श्रेष्ठले आव २०७७/०७८, २०७८/०७९ र २०७९/०८० मा इण्डियन आयल कर्पोरेसन लिमिटेड (आइओसी) बाट बल्क बिटुमिन आयात गर्दा हल्दिया रिफाइनरीको मात्र प्रयोग भइरहेकोमा हाल आएर भारतमा रहेका नजिकका बरोनी तथा मथुरा रिफाइनरीहरुबाट समेत बल्क बिटुमिन ल्याउने कार्य भइरहेको बताए ।

साथै, यसरी आयात गरिएका बल्क बिटुमिनलाई नेपालका सिमावर्ती नाकाहरुमा बिक्री डिपो स्थापना गरी बजार विस्तारलाई निरन्तरता दिई बिक्री बढाउन पहल भएकोमा आव २०७९/०८० मा बिक्री वृद्धि भएको सभालाई जानकारी गराए ।

साथै, नयाँ रणनीतिक व्यापारिक साझेदारमार्फत बजारमा आउने सोचाई पनि रहेको बताए । त्यसैगरी यस उद्योगलाई निजीकरण गरिएका उद्योगहरुमध्ये नमूना उद्योगका रुपमा विकसित गर्दै लैजान आफू तथा सञ्चालक समिति लागिपरेको बताए । अव वार्षिकरुपमै साधारण सभा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

त्यस्तै, सेयरधनीहरुको तर्फबाट डमरुबल्लभ घिमिरे र देवेन्द्र कोइरालाले समय सापेक्ष बजारको मागअनुसार अगाडि बढ्नु पर्ने सुझाव दिएका थिए ।

त्यसैगरी सभामा ३५प्रतिशत सेयर लिने सर्वसाधारण तथा कर्मचारी कामदारको तर्फबाट अशोक कुमार श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठ उद्योगको सञ्चालकमा निर्विरोध निर्वाचित भए । स्वतन्त्र विशेषज्ञ सञ्चालकमा विकास आचार्य चयन भएका छन् ।

IME Lifesidebar
kumari