citizens life insurance long ad
stcnepal long ad
national life

नेपाल–भारत अन्तर सरकारी सहसचिव स्तरिय छलफल सम्पन्न

Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल –भारत सीमा क्षेत्रका हुने अनाधिकृत व्यापार नियन्त्रण गर्न व्यापार, पारवहन र सहकार्यसम्बन्धी नेपाल–भारत अन्तर–सरकारी उपसमितिको बैठक काठमाडौँमा गत पुस २७ र २८ गते सम्पन्न भएको छ।

नेपाली टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गरेका थिए। दुई दिनसम्म चलेको उक्त बैठकमा विभिन्न मन्त्रालय र विभागका प्रमुख प्रतिनिधि सहभागि थिए ।

त्यस्तै बैठकमा काठमाडौँस्थित भारतीय राजदूतावास तथा भारतीय विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सहभागि टोलीको नेतृत्व भारत सरकारको वाणिज्य मन्त्रालयका सहसचिव विपुल बंशलले गरेका थिए ।

व्यापार र लगानी सम्बन्धलाई सुदृढ बनाउन लक्षित द्विपक्षीय संयन्त्रको आईजीएससी बैठकमा विभिन्न महत्वपूर्ण विषयमा गहन छलफल र वार्ता भएको छ । दुवै पक्षले औषधीय तथा आयुर्वेदिक वस्तुका लागि आपसी बजार पहुँचबारे छलफल गरेको स्रोतले बताएको छ ।

भारतीय पक्षले प्रत्यक्ष विदेशी लगानीलाई प्रोत्साहन गर्न पेरिस महासन्धिको व्यवस्थाको आवश्यकतामाथि प्रकाश पारेको थियो । नयाँ एकीकृत जाँच चौकी र रेलमार्ग निर्माणसहित भारत र नेपालबीचको निर्वाध अन्तरदेशीय कनेक्टिभिटीलाई थप सुदृढ गर्न द्विपक्षीय पहलको आवश्यकतालाई बैठकले प्राथमिकतामा राखेको थियो ।

बैठकमा समृद्ध द्विपक्षीय व्यापारबारे साझा दृष्टिकोण प्रस्तुत गर्दै दुवै पक्षले यी पहल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले बताएको छ।

नेपालको आयात र निर्यातमा उल्लेखनीय योगदान पुरयाइरहेको भारत नेपालको प्रमुख व्यापार र लगानी साझेदारका रूपमा रहदै आएको छ ।

यो सहसचिव स्तरिय बैठकबाट दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने दुवै देशका सहभागी प्रतिनिधिहरूले अपेक्षा गरेका छन स्रोतले बताएको छ।

himalayan life insurance
igi long