stcnepal long ad
global ime bank long

नेपालले दैनिक न्यूनतम साढे १० करोड रुपियाँ बराबरको विद्युत् निर्यात

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। असार लागेसँगै नेपालले दैनिक न्यूनतम साढे १० करोड रुपियाँ बराबरको विद्युत् निर्यात गर्न थालेको छ । अघिल्लो साता मनसुन सक्रिय भई वर्षा हुँदा जलप्रवाह बढेपछि विद्युत् निर्यात पनि बढेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । देशभित्र खपत भएर बाँकी भएको विद्युत् निर्यात गर्दा पनि यो परिमाणमा विद्युत् निर्यात भएको हो ।

असार १ गतेदेखि नेपालले बङ्गलादेशमा दैनिक ४० मेगावाट, भारतको विहार राज्यमा १२५ मेगावाट र हरियाणा राज्यमा दुई सय मेगावाट विद्युत् नियमित निर्यात गर्दै आएको छ ।

यसबाहेक दैनिक बोलकबोल मार्फत इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) मा विद्युत् निर्यात हुने गरेको छ । प्राधिकरणको लोड डिस्प्याच सेन्टरको पछिल्लो तथ्याङ्क अनुसार गएको शनिबार मात्रै नेपालबाट २४ घण्टामा १५ हजार ९१८ मेगावाट विद्युत् निर्यात हुँदा १० करोड ७१ लाख रुपियाँ आम्दानी भएको छ । यो आँकडा बङ्गलादेश निर्यात समेतको हो ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार आन्तरिक खपत पूरा गरेर बाँकी भएको विद्युत् निर्यात गर्दा यो परिमाणमा निर्यात सम्भव भइरहेको छ ।

आगामी दिनमा विद्युत् उत्पादन र खपतको अवस्था अनुसार निर्यात अझै बढ्दै जाने सम्भावना छ । बङ्गलादेशमा प्रतियुनिट ६.४ अमेरिकी सेन्टमा विद्युत् निर्यात भइरहेको छ ।

विहारको निर्यातमा नेपालको विद्युत्बाट प्रतियुनिट आठ रुपियाँ ७२ पैसा मूल्य प्राप्त भइरहेको छ भने उत्तरप्रदेशको दर पनि सोही हाराहारीमा छ तर अहिले आइइएक्समा नेपालको विद्युत्ले राम्रो मूल्य नपाइरहेको आँकडाले देखाउँछ ।

आइइएक्समा तीनदेखि चार रुपियाँमै पनि विद्युत् निर्यात गर्नु परिरहेको तथ्याङ्क छ । सबैखाले विद्युत् निर्यातको प्रतियुनिट दर अहिले करिब छ रुपियाँ ७० पैसा रहेको छ ।

नेपालले बङ्गलादेशमा पाँच महिनामा ४० मेगावाटका दरले विद्युत् निर्यात गर्दा कुल एक अर्ब २५ करोड रुपियाँ प्राप्त गर्ने प्राधिकरणले जनाएको छ ।

IME Lifesidebar
kumari