stcnepal long ad
global ime bank long

मलेसियाबाटै सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सकिने, ईसेवा मनि ट्रान्सफर र ‘टच एन गो’ बीच साझेदारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफर र मलेसियाको प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक ‘टच एन गो इवालेट’ बीच महत्वपूर्ण साझेदारी भएको छ।

यस सम्झौतासँगै मलेसियामा कार्यरत लाखौं नेपालीहरूले सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आफ्नो योगदान रकम सहजै डिजिटल माध्यमबाट जम्मा गर्न सक्ने भएका छन्।

उक्त सम्झौतामा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र टीएनजी डिजिटल रेमिटेन्सका प्रमुख कार्यकारी अधिकृत सर्भेस्वरेन राजा गोपालले हस्ताक्षर गरेका हुन्। यो सहकार्यले मलेसियामा रहेका नेपालीहरूका लागि भुक्तानी प्रक्रियालाई सरल, पारदर्शी र प्रभावकारी बनाउने विश्वास गरिएको छ।

कार्यक्रममा बोल्दै टीएनजी डिजिटल रेमिटेन्सका प्रमुख कार्यकारी अधिकृत सर्भेस्वरेनले नेपालको सबैभन्दा ठूलो फिनटेक कम्पनी एफवान सफ्ट समूहको ईसेवा मनि ट्रान्सफरसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए ।

उनले भने, “यो साझेदारी केवल रेमिट्यान्समा मात्र सीमित छैन, हामी एफवान सफ्टसँग आपसी वृद्धि र नवीन प्रविधिमा आधारित सहकार्यका थुप्रै सम्भावनाहरूमा काम गरिरहेका छौँ। सामाजिक सुरक्षामा पहुँच विस्तार र डिजिटल समावेशितालाई प्रवर्धन गर्ने दिशामा यो पहल एक महत्वपूर्ण र दूरदर्शी कदम हो।”

यस्तै, ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले मलेसियामा रहेका नेपाली  समुदायलाई सामाजिक  सुरक्षाको दायरामा ल्याउन यो साझेदारी कोशेढुंगा साबित हुने बताए ।

IME Lifesidebar
kumari