stcnepal long ad
global ime bank long

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९ लाख ९४ हजार ६२२ कित्ता संस्थापक शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ९ लाख ९४ हजार ६२२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले कुनै एक जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको जनाएको छ तर शेयरधनीको नाम भने खुलाएको छैन।

नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार संस्थापक शेयर बिक्री गर्दा कम्पनीका अन्य विद्यमान संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनु पर्ने व्यवस्था भएकाले हाल यस शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।

इच्छुक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

तोकिएको समयावधिभित्र संस्थाकप शेयरधनीबाट आवेदन प्राप्त नभएमा वा सम्पूर्ण शेयर बिक्री नभएमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री खुला गर्न प्रक्रिया अघि बढाइने जानकारी कम्पनीले दिएको छ।

IME Lifesidebar
kumari