stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्लाइउड निर्यातमा भारतको रोकावट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा उत्पादित प्लाइउडलाई भारतीय भन्सार कार्यालयले ब्युरो अफ इन्डियन सर्टिफिकेट (बीआइएस) नभएको भनी नेपाली सामानलाई निर्यातमा रोकेको छ । बीआइएस भारत सरकारको गुणस्तर प्रमाणपत्र हो ।

भारतले आयात हुने सामान बीआईएस प्रमाणित हुनुपर्ने नयाँ नियम लगाएपछि नेपालबाट प्लाइउड, सिमेन्टलगायत उत्पादनहरुको निर्यात अवरुद्ध हुन पुगेको छ,नाकाका भारतीय भन्सार कार्यालयमा रोकेको छ। प्लाइउड बोकेका ३४ वटा ट्रकलाई काकडभिट्टा पारीको भारतस्थित पानीट्याङ्की स्थल भन्सार कार्यालय रानीगञ्जले रोकेको मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईंले जानकारी दिएका छन ।

ती ट्रकहरु दुई साताअघि काँकडभिट्टा नाकाबाट भारत गएका थिए। भारतीय भन्सार कार्यालयले ब्युरो अफ इन्डियन सर्टिफिकेट (बीआइएस) नभएको भनी नेपाली सामानलाई रोकेको प्रसाईंले बताएका छन । काँकडभिट्टा नाकामात्र नभई नेपालका अरु नाकाबाट भारत निर्यात हुने प्लाइउडमा पनि भारतले अवरोध पुर्‍याइरहेको स्रोतले बताएको छ ।

नेपालबाट प्लाइउड बोकेर भारत गएका ती ट्रकहरु पानीट्याङ्कीस्थित भारतीय भन्सारमा रोकिएका छन, न जान दिएको छ, न स्वदेश नै फर्काउन सकिने अवस्था रहेको छ संघका अध्यक्ष प्रसाईले बताए।

भारतीय भन्सारले प्लाइउड बोकेका ट्रक र कन्टेनरहरूलाई तत्काल नेपाल नफर्काए सामान जफत गरिदिने चेतावनी दिइरहेको अध्यक्ष प्रसाईंले बताएका छन । नेपाली पक्षले ती सामान निर्यातका लागि भारत सरकारलाई जिएसटी करसमेत तिरिसकेको छ ।

हाल नेपालमा ८० वटा प्लाईउड उद्योग स्थापना भएका छन् । एउटा उद्योग स्थापनाका लागि न्यूनतम रु २५ करोड लगानी हुने गरेको उद्योगीहरु बताउँछन् । नाकामा भारतीय पक्षबाट भइरहेको अवरोध नहटे प्लाइउड उद्योगमा भएको अर्बौं लगानी जोखिममा पर्ने र हजारौँले रोजगारी गुमाउने छन ।

आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट सात अर्ब ४३ करोड रूपैयाँ मूल्य बराबरको प्लाइउड भारत निर्यात भएको थियो । आर्थिक वर्ष २०७९/८० मा चार अर्ब ७० करोड रूपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा ३५ करोड मूल्य बराबरको प्लाइउड भारत निर्यात भएको निर्यात प्रबर्द्धन केन्द्रले जनाएको छ ।

मेची उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ऋषि तिम्सिनाले भारतले नेपालबाट सबैभन्दा धेरै निर्यात हुने सिमेन्ट र प्लाइउडमा भन्सार अवरोध हुँदा मुलुकलाई ठूलो आर्थिक क्षति पुगिरहेको छ ।

प्लाइउड नेपाली कच्चा पदार्थमा आधारित र व्यापार घाटा न्यूनिकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने निर्यात वस्तु भएकाले यसको निर्वाध निर्यातको वातावरण बनाउन सरकारले भारत सरकारसँग उच्चस्तरीय सहमति बनाउनुपर्ने निर्यात व्यवसायीहरूको सुझाव छ ।

भारतीय भन्सार अवरोध नहटेपछि प्लाइउड उद्योगले कामदारहरुको कार्यअवधि कटौती गर्न थालेका छन् । उद्योगीहरूका अनुसार विगतमा दैनिक २४ घण्टा चल्ने प्लाइउड कारखानाहरु हाल मुस्किलले आठ घण्टा सञ्चालन भइरहेका छन् ।

प्लाइउडको निर्यात अवरोध हटाउन माग गर्दै मेची उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघलाई समाधानका लागि पहल गरिदिन पत्राचार गरेको छ । महासंघले पनि नेपाल सरकार, परराष्ट्रमन्त्री  र भारतीय  राजदूतावाससँग कुराकानी  गरिरहेको संघका अध्यक्ष प्रसाईंले बताएका छन ।

प्लाइउड निर्यात कुनै हालतमा रोकिनु हुँदैन। नेपाली उद्योगले बिआइएसका लागि आवेदन भरेको एक वर्ष भइसक्यो । अहिलेसम्म न प्रमाणपत्र दिएको छ, न भन्सार खुला गरेको अवस्था छ।

IME Lifesidebar
kumari