citizens life insurance long ad
stcnepal long ad
national life

नेपालगन्ज भन्सारबाट १ वर्षमा ७० अर्ब रुपैयाँको आयात

Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालगन्ज भन्सारबाट मात्रै गत आर्थिक वर्ष ७० अर्ब २१ करोड ४९ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्ष मात्रै दुई अर्ब ४१ करोड ९० लाख ८४ हजार रूपैयाँबराबरको वस्तु निर्यात भएको भन्सार कार्यालयको तथ्यांक छ ।

बाँकेमा एकीकृत भन्सार जाँच चौकी निर्माण भई सुचारु भएपछि निर्यात र आयातमा सहज भएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा नेपालगन्ज नाकाबाट दुई अर्ब ४२ करोड ९५ लाख ६० हजार रुपैयाँ बढी वैदेशिक व्यापार भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले बताए ।

गत आर्थिक वर्ष नेपालगन्ज नाकाबाट ७० अर्ब २० करोड ५४ लाख २७ हजार रुपैयाँको वैदेशिक व्यापार भएको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष ३।४६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ६३ करोड ४९ लाख ८८ हजार रुपैयाँको वैदेशिक व्यापार भएको भन्सार प्रमुख ध्रुवराज विश्वकर्माले बताए ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष चामल, मकै, गहुँ, धानलगायत खाद्यान्न ५० करोड रुपैयाँले बढी आयात भएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष चामल मात्रै चार अर्ब १२ करोड २६ लाख ६९ हजार रुपैयाँको तीन लाख ३ हजार ३४० क्विन्टल आयात भएको छ । यसबाट मात्र ४७ करोड २७ लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

अघिल्लो आर्थिक वर्ष चार अर्ब ७३ करोड ६० लाख ११ हजार रुपैयाँको ४७ हजार ३६० क्विन्टल चामल आयात भएको थियो ।आर्थिक वर्ष २०८०/८१ मा दुई अर्ब चार करोड १८ लाख १५ हजार रुपैयाँको मकै आयात हुँदा अघिल्लो आर्थिक वर्ष दुई अर्ब ९ करोड ९९ लाख ९५ हजार रुपैयाँको आयात भएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा ११ करोड ४१ लाख ८८ हजार रुपैयाँको गहुँ आयात हुँदा गत आर्थिक वर्ष ८४ करोड ९१ लख ९३ हजार रुपैयाँको आयात भएको थियो ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष ५३ करोड ४१ लाख ८७ हजार रुपैयाँको धान आयात भएको छ । आर्थिक वर्ष २०७९/८० मा १५ करोड ६१ लाख ८७ हजारको धान आयात भएको थियो ।

नेपालगन्ज नाकाबाट भारत, बेलायत, मलेसिया, चाइना, अमेरिका, युरोपियन युनियन, स्विट्जरल्यान्ड, थाइल्यान्ड, ताइवान, दुबई, ओमान, कतार, साउदी अरेबिया, सिंगापुर , कोरिया, जापान, भियतनाम, बेल्जियम, इन्डोनेसिया, इटाली, दक्षिण अफ्रिका, टर्कीलगायतका ३१ देशबाट सामान आयात हुने गरेको छ । यीमध्ये भारत, युनाइटेड अरब इमिरेट्स , म्यानमारसँग मात्रै निर्यात व्यापार भएको छ ।

भन्सार कार्यालय नेपालगन्जका अनुसार यो नाका हुँदै भारतलगायतका देशबाट, खाद्यान्न, इन्धन र मेसिनरीसहित ५० प्रकारका सामग्री आयात हुने गरेको छ भने यहाँबाट जडीबुटी, प्लाइउड सहित १७ प्रकारका सामग्री निर्यात हुने गरेको छ ।

himalayan life insurance
igi long