sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

भोलिबाट इन्द्रजात्रा– यस्तो छ जात्रा अवधिभरको रुट व्यवस्थापन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मंगलबारबाट काठमाडौंमा शुरू हुने इन्द्रजात्राको तयारी पूरा भएको छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जात्राको तयारी पूरा भएको जानकारी दिएसँगै काठमाडौं महानगरपालिका हनुमानढोका दरबारक्षेत्र संरक्षण कार्यक्रम कार्यालयले जात्रा शुरू हुने पहिलो दिन भोलि मंगलबारदेखि १५ गते अन्तिम दिनसम्मको जात्राको रुट सार्वजनिक गरेको छ ।

कार्यालयले रथ तान्ने पहिलो दिन उपाकु, ११ गते क्वने याः, १२ गते थने याः र १५ गते नानिया याःको लागि जात्राको रुट सार्वजनिक गरेको हो । रथ तान्ने दिनमा ती रुटमा अत्यावश्यक बाहेकका सबै किसिमका सवारी निधेष गरिएको छ ।

जात्राको शुरूको दिन दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै कान्तिपुरी नगरीको परिक्रमा गर्ने कार्यक्रम हुनेछ ।

इन्द्रजात्रा मूल समारोह समितिअन्तर्गत शान्तिसुरक्षा समितिका संयोजक गणपतिलाल श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘उक्त दिन दिउँसो २ बजेदेखि राती जात्रा नसकिएसम्म जात्रा व्यवस्थित गर्न तोकिएको रुटमा सवारी साधन निषेध गर्ने निर्णय गरेका छौं ।’

समितिले जात्रा अवधिमा आगलागी नियन्त्रण गर्ने वारुणयन्त्रको समेत व्यवस्थापन गरेको छ । काठमाडौंको भित्री क्षेत्रमा जात्रा हुने भएकोले राजधानीका बाहिरी क्षेत्रमा आगलागी भए त्यसलाई नियन्त्रण गर्न परोपकार स्कुलमा दमकल राख्ने व्यवस्था गरेको छ ।

हनुमानढोका दरबार परिसर, असनचोक र लगनचोकलाई केन्द्रमा पारेर पहिलो दिन अर्थात् उपाकु परिक्रमा मार्ग तय गरिएको छ ।

ती क्षेत्रका वरपर सवारी प्रवेश निषेध गरेको छ । ती क्षेत्रका भित्री गल्ली, सहायक सडक र अन्य क्षेत्रमा दिउँसो २ बजेपछि सवारी निधेष गरिएको कामपाले जनाएको छ ।

त्यस्तै, असोज ११ गते गते क्वने याः को दिन हनुमानढोका दरबार परिसर क्षेत्रमा कडाइ गरिएको छ । ती क्षेत्रमा सवारी निषेध गरिएको हनुमानढोका कार्यालयले जनाएको छ ।

उक्त दिन हनुमानढोका दरबार परिसर, अट्कोनारायण, चिकंमुगल, मजिपात, जोशीदेगः, ज्याबहाल, लगनचोक, गोफल, ब्रम्हटोल, वन्डे, ह्युमत, क्वाहिटी, तब्बमार्ग, भीमसेनस्थान र मरुटोलमा सवारी निषेध गरेको छ ।

असोज ११ गते इन्द्रजात्राको मुख्य दिन हो । सो दिन बढी भीडभाड हुने भएकोले व्यवस्थापन समितिले विशेष सुरक्षा बढाएको छ । शान्तिसुरक्षा व्यवस्थापन समितिका संयोजक श्रेष्ठले जात्रामा करिब १ सय ८० स्वयंसेवक परिचालन गरेको जानकारी दिनुभयो ।

त्यसबाहेक नेपाल प्रहरी, कामपा र सशस्त्र प्रहरीले विशेष सुरक्षा दिने भएको छ । १२ गते थने याःको दिन हनुमानढोका परिसर, प्याफल, यट्खा, नरदेवी, टेङग, न्ह्योखा, थायमदु,(बाङगेमुडा), न्हैकन्तला, असनचोक, बालकुमारी, केलटोल, वंध, ९इन्द्रचोक० र मखन क्षेत्रमा दिउँसो २ देखि रातीसम्म सवारी निषेध गरिएको छ ।

त्यस्तै, १५ गते नानिचा याः अर्थात् अन्तिम दिन हनुमानढोका परिसर, प्याफल, नरदेवी, किलाघः, भेडासिंह, वंध (इन्द्रचोक) र मखन क्षेत्रमा सवारी निषेध गरिएकोे छ ।

कामपा हनुमानढोका दरबार कार्यालयले इन्द्रजात्राको समयमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । शान्तिसुरक्षा सहित ८ वटा समितिका जिम्मेवारी पाएका संयोजक श्रेष्ठले यो वर्ष दिउँसो ४ देखि साँझ ८ बजेसम्म रथ तान्ने व्यवस्था गरिएको बताउनुभयो ।

उहाँका अनुसार रथ तान्दा विद्युत् कटौती नहुनेगरी तार व्यवस्थापन गर्ने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सकभर बत्ती नकाट्नेगरी तयारी थालेका छौं । विद्युत्भन्दा पनि केबलको तारले रथयात्रामा समस्या पार्नसक्ने सम्भावना छ ।’

इन्द्रजात्राको कार्यक्रम अनुसार ९ गते बिहान १० बजेर ३७ मिनेट जाँदा लिङ्गो ठड्याउने, १० गते जीवित देवदेवी कुमारी, गणेश र भैरवको पूजा गरी रथयात्रा गराउने साइत छ । त्यस्तै, जात्राको अन्तिम दिन १५ गते जात्रासँगै राति ८ बजेर ३७ मिनेटमा लिङ्गो ढाल्ने कार्यक्रम रहेको छ ।

जात्रामा रथमा बस्नेको संख्या गुठी संस्थानले तोकेअनुसार अत्यन्तै न्यून हुनेगरी तयारी थालिएको छ । जात्रा व्यवस्थापनका लागि ट्राफिक व्यवस्थापनको जिम्मा रवि तन्डुकारको छ ।

यसैबीच, यो वर्ष २१ जना विदेशी पाहुना इन्द्रजात्रा अवलोकन गर्न मंगलबार नेपाल आउने भएका छन् । कामपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका अनुसार चीन, अमेरिका र कोरियाका भागिनी सम्बन्ध भएका शहरका प्रमुख र उपप्रमुख नेपाल आउन लागेका हुन् ।आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

gold
prabhu bank
nawakantipur long