Everest Bank
nabil bank
national life
stcnepal long ad

फागुन ५ गते बुद्धभूमि नेपाल हाइड्रोपावरको वार्षिक साधारण सभा

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा वालनट बिस्ट्रो एन्ड ब्यांकेटमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीले सञ्चालक समितिको आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

साथै, सर्वसाधारण सेयरधनीहरु (समूह ख) बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि रहेको छ ।

कम्पनीले लगानीकर्तालाई लाभांश सम्बन्धी कुनै प्रस्ताव भने गरेको छैन् । सभा प्रयोजनका लागि यसले माघ १९ गते बुक क्लोज गर्ने भएको छ । माघ १८ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

१२ माघ २०७९, बिहीवार ०९:३० बजे प्रकाशित

stcnepal long ad