evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

४ अर्ब भन्दा बढि लगानी व्यवस्थापन गर्दै एनआईबीएल एस क्यापिटल

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन सेवा अन्तर्गत ४ अर्बभन्दा बढी रकमको यवस्थापन गर्दै आइरहेको छ । विभिन्न सेवाहरु मध्ये लगानी व्यवस्थापन सेवाको सुरुवात बि.स.२०७१ साल देखि हुदै आएको छ ।

दक्ष तथा अनुभवी पुँजी व्यवस्थापकहरु द्वारा पारदर्शी तथा ग्राहक मैत्री सेवा प्रदान गर्दै आईरहेको क्यापिटलमा हालसम्म यस लगानी व्यवस्थापन सेवामा ११ सयभन्दा बढी ग्राहक आबद्ध हुनुकासाथै ४ अर्ब भन्दा बढि आकारको लगानीको व्यवस्थापन हुदै आइरहेको क्यापिटलले जनाएको छ ।

एनआईबीएल एस क्यापिटलले विगत ८ बर्ष अधिदेखी सुरुवात गरेको यस सेवा अन्तर्गत लगानीकर्ताहरुलाई स्वेच्छिक र अस्वेच्छिक लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्राहकबर्गले कम्पनी प्रति देखाएको विश्वास र यस सेवामा आवद्ध भई लगानी व्यवस्थापन सेवा मार्फत प्राप्त गर्दै आइरहेको मुनाफ र ग्राहकबर्गको हितलाई नै सर्वोपरि ठानी कार्य गर्ने कुसल लगानी व्यवस्थापकहरुको कारण यो ४ अर्बको आकारको कोषे ढुङ्गा प्राप्त गर्न कम्पनी सफल भएको छ ।

आगमी दिनहरुमा पनि लगानीकर्ताहरुको साथ, सहयोग, सदभाव र विश्वासलाई मध्यनजर गर्दै कम्पनीले सेवालाई थप परिस्कृत, प्रविधिमैत्री, तथा प्रतिफलयुक्त सेवाको रुपमा विकास गर्दै लैजाने यस क्यापिटलले जनाएको छ ।

igi long
himalayan life insurance long ad