मैलुङ खोला जलविद्युतको वित्तीय विवरण सार्वजनिक
काठमाडौं । मैलुङ खोला जल विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यस अवधिसम्ममा कम्पनीले १ करोड ३५ लाख ११ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीको नाफा ७२ लाख ७४ हजार रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा उक्त नाफा ८५.७४ प्रतिशतले धेरै हो ।
असोज मसान्तसम्ममा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ७.९० प्रतिशतले बढेर ३ करोड ९४ लाख २५ हजार रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा यसले विद्युत् बिक्रीबाट ३ करोड ६५ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको सञ्चालन नाफा ४३.४९ प्रतिशतले बढेर २ करोड ५० लाख रुपैयाँ पुगेको छ । गत वर्ष उक्त नाफा १ करोड ७४ लाख रुपैयाँ थियो । सञ्चालन नाफा र विद्युत बिक्रीबाट हुने आम्दानी बढेपछि यसको खुद नाफा बढ्न सहयोग पुगेको हो । साथै कम्पनीको खर्च पनि घटेको छ ।
मैलुङ खोलाको चुक्ता पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहको छ । रिटेन्ड अर्निङ १ करोड ८९ लाख २९ हजार रुपैयाँ जम्मा रहेको छ ।
यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६७ पैसा रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ १४ पैसा छ ।