stcnepal long ad
global ime bank long

भिटामिन सी औषधि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । बनेपास्थित क्युरेक्स फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको भिटामिन सी औषधिहरूको बिक्री वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागले सूचना प्रकाशित गरेको छ ।

Myvit-c (Ascorbic Acid) (Vitamin-C) IP500mg औषधिहरूका नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशाला, काठमाडौँमा परीक्षण गर्दा न्यून गुणस्तर रहेको पाइएको थियो ।

विभागद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘यम विभागबाट निम्न उत्पादक र ब्याच नं। का औषधिहरूका नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशाला, काठमाडौँमा परीक्षण गर्दा देहायका औषधिहरूको न्यून गुणस्तर भएकोले उक्त ब्याच नं. का औषधिहरू औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण यस विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूका जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

साथै उक्त औषधिहरूको सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न र नगराउनु हुन सम्बन्धित सबैलाई अनुरोध छ ।’

IME Lifesidebar
kumari