माउन्टेन हाइड्रो नेपालको नाफामा सामान्य वृद्धि
काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यस अवधिसम्ममा कम्पनीले १२ करोड २० लाख ४ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीको नाफा ११ करोड ८५ लाख ४९ हजार रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा नाफा २.९१ प्रतिशतले धेरै हो ।
असोज मसान्तसम्ममा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ४.८६ प्रतिशतले बढेर २४ करोड ५६ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा यसले विद्युत् बिक्रीबाट २३ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको सञ्चालन नाफा ४.५६५ ले बढेर १९ करोड ४१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष उक्त नाफा १८ करोड ५७ लाख रुपैयाँ थियो ।
सञ्चालन नाफा र विद्युत बिक्रीबाट हुने आम्दानी बढेपछि यसको खुद नाफा बढ्न सहयोग पुगेको हो । माउन्टेनको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ रहको छ ।
जगेडा कोषमा १२ करोड ४१ लाख ६६ हजार रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ९३ पैसा छ ।