stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज अपर हेवाखोलाको आइपीओ भर्ने अन्तिम दिन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। अपर हेवाखोला हाइड्रोपावरको आइपीओ भर्ने आज असार २९ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

कम्पनीले असार २४ गतेदेखि १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यस   अनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५५ अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

 

 

बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा यसअघि बुधबार ९असार २८ गते० सम्म आवेदन दिन सकिने जनाइएको थियो ।

तर, आइतबार असार २६ गते  बकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएकोले सो दिनको सट्टामा बुधबार आज  असार २९ गते पनि यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

सीडीएस एन्ड क्लियरिङका अनुसार मंगलबार साँझ ५ः०२ बजेसम्ममा १२ लाख ११ हजार ६८९ जनाले १ करोड ३८ लाख ७७ हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् ।

 

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले अपर हेवाखोलाको आइपीओलाई औसत जोखिम जनाउने ‘कियरएनपी डबल बी’ रेटिङ दिएको छ ।

prabhu mahalaxmi
kumari