stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा

 सेयरधनीलाई बोनस वितरण मुख्य प्रस्ताव

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा आज असार २९ गते बस्दैछ । सभा, अमृतभोग क्याटरिङ कालिकास्थान, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

साधारण सभामा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ९.५०५ बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै, कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव पनि पेश गर्दैछ ।

आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ ।

आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

इन्स्योरेन्सको अधिकृत पुँजी १ अर्ब २५ करोड रुपैयाँबाट बढाएर ३ अर्ब पुर्याउने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि लुम्बिनी जनरलले असार १५ गते बुक क्लोज गरिसकेको छ । असार १४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

prabhu mahalaxmi
kumari