बुटवल पावर कम्पनीको लाभांश घोषणा
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको गत मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्ता पुँजीको कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश रहेका छन्।
प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आफ्नो २९ औं वार्षिक साधारण सभा आगामी पुस २६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको बानेश्वरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ८ गते ९पुस ९ गते शुक्रबार र पुस १० गते शनिबार० सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।

























