citizens life insurance long ad
stcnepal long ad

सगरमाथा जलविद्युतको साधारण सभा पुस १४ मा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आईपीओ निष्कासनको मुख्य एजेन्डा सहित सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनी सञ्चालक समितिको गत मंसिर २१ गते बसेको बैठकले वार्षिक साधारण सभा आगामी पुस १४ गते आयोजना गर्ने निर्णय गरेको जनाएको छ। सभा काठमाडौंको अनामनगरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ९ बजेबाट हुने छ।

सभाले आईपीओ निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूस्वीकृति लिने विशेष प्रस्ताव पारित गर्नेछ। कम्पनीको प्रबन्धपत्र, नियमावलीमा प्रस्ताव भएबमोजिम आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्ने जनाएको छ।

सोही सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिक लगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि अनुमोदन गर्ने भएको छ।

IME Life
kumari