citizens life insurance long ad
stcnepal long ad

हिमालयन रिइन्स्योरेन्सको वित्तीय अवस्था कस्तो ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

गत वर्षको अन्तिम त्रैमाससम्म कम्पनीले १ लाख ६४ हजार रुपैयाँमात्रै खुद बीमा शुल्क आर्जन गरेको जनाएको छ।

कम्पनीले प्रथम त्रैमासमा लगानी, कर्जा तथा अन्यबाट आयबापत ९० लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ। यस्तो आय गत वर्षको अन्तिम त्रैमासमा २ करोड ३७ लाख रुपैयाँ बढी थियो।
समीक्षा अवधिमा कम्पनीले १ करोड ७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने व्यवस्थापन खर्च ३ करोड २२ लाख रुपैयाँ रहेको जनाएको छ।

प्रथम त्रैमासमा कम्पनीले ४ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको अन्तिम त्रैमाससम्म कम्पनीको नाफा ९४ लाख २६ हजार रुपैयाँमा सीमित थियो। चुक्ता पुँजी ७ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषको आकार ५ करोड १८ लाख रुपैयाँ बढी भएको छ।

गत वर्षको अन्तिम त्रैमाससम्म जगेडामा ४१ लाख ४६ हजार रुपैयाँमात्रै थियो। कम्पनीको बीमा कोषमा ४८ लाख १९ हजार रुपैयाँ र महाविपत्ति कोषमा ४ लाख ६० हजार रुपैयाँ रहेको जनाएको छ।

IME Life
kumari