stcnepal long ad
global ime bank long

सूर्योदय लघुवित्तको साधारणसभा पुस १६ गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौं वार्षिक साधारणसभा बोलाएको छ।
संस्थाको गत बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा आगामी पुस १६ गते आयोजना गर्ने निर्णय गरेको जनाएको छ। सभा स्याङ्जाको पुतलीबजारस्थित सहयात्री पार्टी प्यालेसमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तावित चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर अनुमोदन गर्नेछ। यसका साथै बोनस सेयर जारी गर्दा दशमलबपछिको सेयर अंकलाई पछि समायोजन गर्ने गरी यथावत कायम राख्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले सूर्योदय र वोमी लघुवित्त आपसमा मर्जरमा जाने प्रस्ताव पनि अनुमोदन गर्नेछ। दुवै लघुवित्त १ः१ सेयर स्वाप रेसियोमा मर्ज हुने विशेष प्रस्ताव सभाले स्वीकृत गर्नेछ।

मर्जरपछि संस्थाको नाम सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड राख्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्ने भएको छ।

सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिक लगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गर्नेछ। सभा र लाभांश प्रयोजनका लागि संस्थाले पुस १ गतेदेखि पुस ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। मर्जर प्रयोजनका लागि हाल यो लघुवित्तको सेयर कारोबार रोक्का रहेको छ।

IME Lifesidebar
kumari