सेयरधनीको बैंक खातामा रैराङ हाइड्रोपावरको नगद लाभांश पुग्यो

काठमाडौं । रैराङ हाइड्रोपावर कम्पनीले सेयरधनीको बैंक खातामा १२.६० प्रतिशत नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई मात्र नगद लाभांश जम्मा गरिदिएको जनाएको छ । हालसम्म पनि सेयर भौतिक रुपमा राख्ने सेयरधनीलाई तत्काल डिम्याट गर्न कम्पनीले भनेको छ ।
बैंक खाता अद्यावधिक गराएपछि मात्र नगद लाभांश खातामा आउने भएकाले तत्काल डिम्याट गर्न कम्पनीले आग्रह गरेको छ । रैराङको कात्तिक १७ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १२.६०प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।