sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

पहिलो त्रैमासमै माउण्टेन इनर्जीले २९ करोड नाफा गर्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माउण्टेन इनर्जी नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २९ करोड ३५ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा ७८५.८२ प्रतिशत ले धेरै हो । गत वर्ष कम्पनीले ३ करोड ३१ लाख ३४ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । कम्पनीको बिद्युत बिक्रीबाट आम्दानी बढेर कुल ३८ करोड ७१ लाख ५७ हजार रुपैयाँ पुगेको छ ।

जसमध्ये, ५ मेगावाटको तादी खोला प्रोजेक्टबाट ५ करोड २२ लाख ४७ हजार रुपैयाँ र ४२ मेगावाटको मिस्ट्री खोला प्रोजेक्टबाट ३३ करोड ४९ लाख १० हजार रुपैयाँको विद्युत बिक्री भएको छ ।

मिस्ट्री खोलाबाट गत असार ३ गतेदेखि व्यवसायिक रुपमा विद्युत उत्पादन सुरु भएको हो । सोही कारण पहिलो त्रैमासमा कम्पनीको विद्युत बिक्रीबाट आम्दानीसँगै खुद नाफामा पनि आकर्षक वृद्धि भएको हो । गत वर्ष यसै अवधिमा भने विद्युत बिक्रीबाट ४ करोड ९३ लाख ५७ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो ।

माउन्टेन इनर्जी १ वर्ष अघि आइपीओ बिक्री गरी नेप्सेमा सूचीकृत भएको हो । आइपीओ बिक्रीपछि हाल यसको चुक्ता पुँजी १ अर्ब ९६ करोड भन्दा बढी पुगेको छ । रिटेन्ड अर्निङ ७० करोड ४२ लाख ९५ हजार रुपैयाँ छ ।

खुद नाफामा आकर्षक सुधार भएपछि प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९१ पैसा पुगेको छ । गत वर्ष यसै अवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँ १० पैसा मात्र थियो । प्रतिसेयर नेटवर्थ पनि १२१ रुपैयाँ १८ पैसाबाट बढेर १३५ रुपैयाँ ७९ पैसा पुगेको छ ।

prabhu bank
nawakantipur long