stcnepal long ad
global ime bank long

साना किसान विकास लघुवित्तको नाफा १८.१२ प्रतिशतले बृद्वि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले १६ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १८.१२ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा संस्थाले १४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालक मुनाफा १४.५६ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा २० करोड ७३ लाख रुपैयाँमा सीमित यस्तो मुनाफा समीक्षा अवधिमा बढेर १८ करोड ९ लाख रुपैयाँ भएको जनाएको छ।

संस्थाको खुद ब्याज आम्दानी ११.८९ प्रतिशतले बढेर २९ करोड ९२ लाख रुपैयाँ भएको छ। गत वर्ष यस्तो आम्दानी २६ करोड ७४ लाख रुपैयाँ रहेको थियो।

प्रथम त्रैमासमा संस्थाले २१ अर्ब ४० करोड रुपैयाँ सापटी लिई २५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १८ अर्ब ४६ करोड रुपैयाँ सापटी लिई १९ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार बढेर १८.३५ प्रतिशतले बढेर २ अर्ब ४९ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा २ अर्ब १० करोड रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५२.८८ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३३.५५ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २९९.४२ रुपैयाँ रहेको जनाइएको छ।

IME Lifesidebar
kumari