kumari bank
Prabhu Insurance
stcnepal long ad

कति पर्यो मध्य भोटेकोशीको आइपीओमा आवेदन ?

काठमाडौं ।मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा २ करोड ३५ लाख ९२ हजार २९० कित्ताको लागि आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार दिउँसो ३.३० बजे सम्ममा १५ लाख ६२ हजार १८० जना आवेदकबाट २ अर्ब ३५ करोड ९२ लाख २९ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा २.८८ गुणा बढी हो ।

कम्पनीले असोज २० गतेबाट कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी केयर रेटिङले मध्य भोटेकोशीलाई ‘केयरएनपी डबल बी’ रेटिङ दिएको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको जनाउछ ।

केयरले २०७७ मंसिर १८ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङको म्याद आगामी मंसिर १७ गते सकिनेछ ।


२२ असोज २०७८, शुक्रवार १६:०९ बजे प्रकाशित

nabil bank