kumari bank
Prabhu Insurance
stcnepal long ad

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

काठमाडौं । २५ प्रतिशत लाभांश दिने स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १९ प्रतिशत बोनस र कर प्रयोजन सहित ६ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

यसर्थ, कम्पनीले १७ करोड ९१ लाख ७० हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, ५ करोड ६५ लाख ८० हजार रुपैयाँ नगद बाँड्नेछ ।

सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने स्वावलम्बनले जनाएको छ । अघिल्लो वर्ष कम्पनीले १९.०१ प्रतिशत बोनस र कर तिर्न १ प्रतिशत नगद लाभांश गरी कूल २०.१ प्रतिशत लाभांश वितरण गरेको थियो ।


२२ असोज २०७८, शुक्रवार १५:४३ बजे प्रकाशित

nabil bank