कहाँ हरायो जनतालाई सेयर दिने कार्यक्रम ?
उनीहरुले सेयर पनि हात पारे । साथै, दोस्रो चरणमा आइपीओ जारी गर्ने अन्तिम चरणमा रहेका रसुवागढी र साञ्जेन जलविद्युतको पनि आइपीओ आयो । दुई कम्पनीले गएको वैशाख ६ गतेदेखि आइपीओ जारी गरेका थिए । उक्त आइपीओमा पनि उर्जा मन्त्री लगायतले आवेदन दिए । सर्वसाधारणमा पनि यो आइपीओको माग बढी नै थियो ।
दोस्रो किस्तामा आयोजना निर्माणको न्यूनतम ७५% भौतिक प्रगति हासिल भएपछि मात्रै प्रतिबद्धता अनुसारको बाँकी ९०% रकम बुझाए हुने व्यवस्था गरिएको छ । त्यस्तै, आइपीओ जारीका लागि अन्य कम्पनीलाई अनिवार्य गरिएको ‘रेटिङ’ जनताको जलविद्युत कार्यक्रम अन्तर्गतका कम्पनीहरुलाई भने नचाहिने व्यवस्था धितोपत्र बोर्डले गरेको छ ।
तर, साञ्जेन र रसुवागडी जलविद्युत आयोजनाको निर्माण कार्य ५०% सम्पन्न भएको भन्दै सुरुमा नै प्रतिकित्ता सबै (१०० रुपैयाँ) असुलेर आइपीओ खुलाइएको थियो । तर त्यसपछि जनताको जलविद्युत् अन्तर्गतका कुनै पनि कम्पनीले आइपीओ जारी गर्न नियामक धितोपत्र बोर्डमा आवेदन दिएका छैनन् ।
यसैबीच, विद्युत् नियमन आयोगको स्थापना भयो । आयोग स्थापना भएसँगै जलविद्युत् कम्पनीको प्रभावकारी नियम हुन्छ भन्ने अपेक्षा राखेका लगानीकर्ता पुनः निराश भए । आयोग स्थापना भएको लामो समय बितिसक्दा पनि यसले प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।