देवः विकास बैंकले बोनस सेयर दिने
आर्थिक सञ्जाल सोमबार,३ चैत्र २०७६
काठमाडौं । देवः विकास बैंकले बोनस सेयर घोषणा गरेको छ । बैंकको फागुन ३० गते बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई ८.५५% बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २७ लाख १६ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
हाल यस बैंकको चुक्ता पुँजी ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ रहेको छ । देवः विकास बैंकले आर्थिक वर्ष २०७४/०७५ मा ५.५% बोनस सेयर दिएको थियो । यस आधारमा लाभांश दर वृद्धि भएको देखिन्छ । देवः विकासले कुमारी बैंकसँग एक्विजिसनमा जाने सम्झौतामा हस्ताक्षर गरिसकेको छ । फलस्वरुपः गत माघ २ गतेदेखि यस बैंकको दोस्रो बजारमा सेयर कारोबार रोक्का रहेको छ ।