Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

दुई आर्थिक वर्षको एजीएम युनियन हाइड्रोपावरको एकसाथ हुँदै

civilbank long ad

काठमाडौं । युनियन हाइड्रोपावरको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा असार २५ गते शुक्रबार बस्ने भएको छ । कम्पनीले असार २५ गते बिहान ११ बजे १३ औं र १४ औं वार्षिक साधारण सभा गर्न लागेको हो । यता, कम्पनीले यो वर्ष लगानीकर्ताको हात भने रित्तो बनाउने भएको छ ।

लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । सभामा सञ्चालकहरुको निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने एजेन्डा छ । सभा प्रयोजनका लागि यसले असार १५ गतेदेखि २५ गतेसम्म गते बुक क्लोज गरेको । असार १४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।


२४ असार २०७८, बिहीवार १२:२४ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad