stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अरुण तेस्रोको काम २८ प्रतिशत सकियो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल आइतबार, २५ फागुन २०७६

सङ्खुवासभा । बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाले पछिल्लो समय गति लिएको छ । केही वर्षअघिसम्म पनि बन्ने नबन्ने आशङ्कामा रहेकोमा पछिल्लो समय कामको गति बढेपछि स्थानीय पनि आयोजना बन्नेमा ढुक्क हुन थालेका छन् ।
डेढ वर्षअघिसम्म नै नौ सय मेगावाट क्षमताको अरुण तेस्रो बन्ने वा नबन्ने विषयमामा स्थानीय अन्योलमा थिए ।

तीस वर्षअघि पनि अरुण तेस्रोको व्यापक चर्चा चलेको र केही स्थानीयले मुआब्जा समेत लिइसकेको अवस्थामा पनि नबनेको अवस्थामा बन्छ भनेर नपत्याउनु स्वाभाविक थियो । तर पछिल्लो समय धमाधम भइरहेको काम हेर्दै आएका स्थानीय र जिल्लावासीले अरुण तेस्रो बन्नेमा दुई मत नभएको बताउन थालेका छन् ।
मकालु गाउँपालिकास्थित दोभानमा विद्युत्को बाँधका साथै सुरुङ निर्माणले तीव्रता लिएसँगै स्थानीयवासीमा अरुण तेस्रो बन्नेमा विश्वास जगाएको छ ।
२०५१ सालमा रद्द हुन पुगेको अरुण तेस्रो आयोजनालाई सरकारले प्रतिस्पर्धाका आधारमा सन् २००८ मा भारतीय जलविद्युत् कम्पनी सतलज जलविद्युत् निगमलाई दिएपछि अहिले ढिलो गरी भए पनि आयोजना निर्माणले तीव्रता पाएको छ ।
सतलज जलविद्युत् निगमका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानका अनुसार सन् २०२२ भित्र काम सम्पन्न हुने गरी तीव्र गतिमा काम भइरहेको छ । अहिले २८ प्रतिशत काम सम्पन्न भइसकेको धिमानले जानकारी दिनुभयो । ‘आयोजनाको कामले तीव्रता पाएको छ, सुरुङ, बाँध र विद्युत् गृहको काम धमाधम भइरहेको छ’, उहाँले भन्नुभयो ।
अहिले विद्युत्गृहका लागि आवश्यक टर्वाइन लगायतका उपकरण ल्याउन सङ्खुवासभासम्म आउने राजमार्ग र सडकलाई स्तरोन्नति गर्नुपर्ने, विद्युत् गृह क्षेत्रतर्फको केही जग्गाको मुआब्जा वितरण र रक (ढुङ्गा) कमजोर भएका कारण सुरुङमा आएको केही चुनौतीबाहेक ठूलो समस्या नरहेको प्रमुख कार्यकारी अधिकृत धिमानले स्पष्ट पार्नुभयो । आयोजना निर्माण क्षेत्रको सुरक्षाका लागि सुरक्षाकर्मीको समेत सरकारले व्यवस्था गरेको र अन्य कामका लागि लगानी बोर्डले सहजीकरण गरिरहेकाले पनि पछिल्लो समय कामले गति लिएको धिमानको भनाइ छ ।
अहिले आयोजना निर्माणको लागि दैनिक एक हजार चार सय जना खटिएका छन् । त्यसमध्ये करिब पाँच सय नेपाली कामदार रहेको प्रमुख धिमानले जानकारी दिनुभयो । अरुण तेस्रो आयोजनाका इन्जिनियर राजेशकुमार जसलका अनुसार ड्याम साइटमा ८४९ मिटर अग्लो कङ्क्रिट ग्राभिटी बाँध बन्ने र त्यहाँबाट ११.७७ किलोमिटरको मुख्य सुरुङबाट पानी विद्युत् उत्पादनगृह पु¥याइने छ ।

त्यसका लागि चारवटा अडिट टनेल सुरुङ निर्माण भइरहेको छ ।
सन् २०४८ मा नेपाललाई हस्तान्तरण हुने आयोजना सम्पन्न भएपछि प्रतिस्पर्धाको प्रावधान अनुसार नेपालले २१.९ प्रतिशत निःशुल्क विद्युत् पाउने छ ।
लगानी बोर्डका अनुसार, आयोजनाबाट नेपालबाट २५ वर्षमा तिन खर्ब ४८ अर्ब बराबरको राजस्व पाउने छ । २१७ किलोमिटर प्रसारण लाइन निर्माण गरेर भारत निर्यात हुने आयोजनाबाट दिइने निःशुल्क ऊर्जा ढल्केबर प्रसारण लाइनमार्फत नेपालमा दिने योजना छ । एक अर्ब ६० करोड बराबरको सेयर सङ्खुवासभाका प्रभावित स्थानीयले पाउने यस आयोजनाबाट प्रभावित परिवारले प्रति महिना ३० युनिट विद्युत् निःशुल्क पाउने व्यवस्था छ ।आजको गोरखापत्रबाट ध्यान कुलुङ

 

prabhu mahalaxmi
kumari