stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

युद्धतर्फ पनि महिला सैनिक अब्बल

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, २५ फागुन २०७६

काठमाडौं । २०४५ सालताका नर्वदा थापाले नर्सिङमा स्नातक सक्नुभयो । बुबा भारतीय सेनामा रहेकै कारण उहाँभित्र नेपाली सेनामा जाने उत्कट चाहना बढ्यो । सेनाको बहादुरीको कथा सानैदेखि सुन्दै, देख्दै आउनुभएको थियो तर देशभित्र युद्धरत सेनामा जाने अवसर थिएन ।
प्राविधिकबाटै भए पनि सेनामा प्रवेश गर्ने अवसर भने उहाँले चुकाउनुभएन । अन्य कसैले आवेदन नदिएपछि उहाँ एक मात्र महिला अधिकृतका रूपमा प्रवेश गर्दै सेनाको उच्च पद ब्रिगेडियर जनरल अर्थात् सहायक रथी सम्मको यात्रा तय गर्नुभयो । केटाको हुलमा एक्ली केटी बस्नुपर्दा कहिलेकाँही कमजोर महसुस हुन्थ्यो तर म पनि उही सरहको पदमा छु, के फरक छु र भनेर आँटिली बन्थे –उहाँले विगत सम्झनुभयो ।

त्यही हौसलाले उहाँ प्राविधिकमा महिलातर्फ पहिलो सहायक रथी बन्ने अवसर पाउनुभयो । नेपाली सेनामा महिला पुगेको यो नै हाल सम्मको उच्च पद हो । त्यसमाथि उपरथी, रथी हुँदै प्रधान सेनापतिको पद हुन्छ ।
सेनामै रहेर उहाँले सशस्त्र द्वन्द्वका बेला द्वन्द्वरत क्षेत्रमै पुगेर उपचार व्यवस्थापनको अनुभव सँगाल्नुभयो । सेनामै रहेर जनस्वास्थ्यमा पीएचडी सक्नुभयो । त्यसैले सेनाको प्राविधिक क्षेत्रमा नयाँ पुस्ताका महिलालाई राम्रो अवसर रहेको बताउनुहुन्छ । युद्धतर्फको सैनिकमा भने केही अप्ठेरो अझै रहेको ठान्नुहुन्छ । जसमा महिलाको शारीरिक अवस्था, सेनाको दुर्गममा राम्रो व्यवस्थापन नहुनु आदि कारण हुन् । दुई वर्षअघि रिटायर हुनुभयो । उहाँको पालामा करिब दस मात्र महिला प्राविधिकमा थिए ।

युद्धतर्फ पनि अब्बल
युद्ध तर्फको सामान्य सेवामा पनि महिला सैनिक अब्बल नै ठहरिएका छन् । जतिबेला मुलुकमा सशस्त्र द्वन्द्वको राप चर्को थियो । त्यही बेला २०६१ सालमा नेपाली सेनाले पहिलोपल्ट सामान्यतर्फ महिला अधिकृत क्याडेटको भर्ना खोल्यो । सशस्त्र द्वन्द्वका बेला सेनामा जाउँ कि नजाउँ भन्ने दोहोरो मनस्थितिसँगै रेखा खत्रीले आवेदन भर्नुभयो ।

उहाँको ब्याच पासआउट हुँदा सशस्त्र द्वन्द्व रोकिएर जनआन्दोलन चल्दै थियो । त्यसैले युद्धमा जानुपरेन । खत्रीले पुरुष सरहको युद्धका हरेक तालिम ग¥यौँ, अझै गर्दैछौँ । शारीरिक रूपमा केही फरक रहे पनि कामको मामलामा कहिल्यै सक्दिन भनिन भन्नुभयो ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेनामा जाने महिलाका लागि तालिम दिँदा पुरुषको तुलनामा केही सहुलियत छन् । जस अनुसार पुरुषले ११ मिनेटमा दौड पूरा गर्दा महिलाले १४ मिनेटमा पूरा गरे हुन्छ । त्यस्तै पुरुषले १८ किलो तौल उठाउँदा महिलाले १२ किलो उठाए हुन्छ तर चेन अफ कमान्ड, अनुशासन र जिम्मेवारीको मामलामा कुनै सहुलियत छैन । पुरुषसँग प्रतिस्पर्धा गर्दै उहाँ सेनानी बन्नुभयो । उहाँ महिलाको एउटा छुट्टै गुल्मको प्रमुख हुनुहुन्छ । उहाँले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रहेको गुल्ममा १७८ जनाको नेतृत्व गर्नुहुन्छ ।
सेवा प्रवेशको लामो प्रक्रियाबाहेक धेरै अवसर महिलाका लागि नेपाली सेनामा छन् । शान्ति सेनामा जान पाउने, भित्रै पढ्न पाउने, विदेशमा तालिम, पालोमा बिदाको सुविधासहित अनेक सहुलियत रहेको खत्री बताउनुहुन्छ ।

आजको गोरखापत्रबाट  चाँदनी हमाल

 

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long