stcnepal long ad
global ime bank long

४४ मेगावाट सुपर मादी जलविद्युत आयोजनालाई सरकारी वन प्रयोग गर्न स्वीकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार, २२ फागुन २०७६

काठमाडौं । सुपर मादी जलविद्युत आयोजनाका लागि आवश्यक पूर्वाधार निर्माणका लागि रुख विरुवाहरू हटाउन मन्त्रीपरिषद्ले स्वीकृती दिएको छ । मन्त्रीपरिषद्को १८ को बैठकले आयोजनाको पावर हाउस, हेडवर्क्स, पेनस्टक र पहुँचमार्ग लगायतका संरचनाहरू निर्माण गर्नका लागि अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने कास्की जिल्लाको मादी गाँउपालिका–२ मा रहेको ६.९५ हेक्टर सरकारी वन प्रयोग स्वीकृत दिएको हो । सरकारको यो निर्णयले आयोजना निर्माण कार्य अघि बढाउन बाटो खुला भएको छ ।

कास्कीको मादी गाउँपालिका स्थित मादी खोलाबाट ४४ मेगावाट बिजुली उत्पादन गर्ने योजना सहित उक्त योजना अघि बढाइएको हो । आयोजनको कुल लागत ७ अर्ब ६५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सानिमा विकास बैंकको अगुवाइमा उक्त परियोजनामा एनआईसी एसिया, नेपाल क्रेडिट एण्ड कमर्स, सनराइज, कुमारी, कृषि विकास, राष्ट्रिय वाणिज्य र प्रभु बैंकले अधिकतम पचहत्तर प्रतिशत लगानी गर्ने सम्झौता भएको छ ।

उक्त आयोजनामा ८ बैंकले ५ अर्ब ७५ करोड २५ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । परियोजनाले वाषिर्क २४ करोड ५६ लाख युनिट बिजुली उत्पादन गर्ने छ ।

उक्त परियोजना सम्पन्न हुन तीन वर्ष लाग्नेछ । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको लेखनाथ सबस्टेसनमा जोड्ने गरी कनेक्सन एग्रिमेन्ट (प्रसारण सम्झौता) भएको छ ।

विद्युत गृहदेखि माथिल्लो मादीको पावरहाउस सम्म करिब ९ किलोमिटर प्रसारण लाइन आयोजना आफैंले निर्माण गर्नेछ । आयोजनाको सिभिल निर्माण हिमाल हाइड्रो लिमिटेड र परामर्शदाताको जिम्मा सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ कम्पनीले पाएका छन् । सिभिल निर्माणको ठेक्का २०७५ जेठ ८ गते भएको थियो । आयोजनाबाट २०७८ जेठभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

IME Lifesidebar
kumari