stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

आजबाट नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको एनसीसी बैंकको संस्थापक शेयर बिक्री खुला

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले बिक्री गर्न लागेको संस्थापक समूहको शेयर आजबाट विक्री खुल्ला भएको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको एनसीसी बैंकको ५ लाख कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य १ सय १० रूपैयाँमा बिक्री गर्न लागेको जनाएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आजबाट कार्तिक ६ गतेसम्म न्युनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदकहरूले बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरि आवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari