citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

मिड सोलु हाइड्रोपावरको नाफा बढ्यो

६ महिनामा ७ करोड २३ लाख रुपैयाँ कमायो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससमा ७ करोड २३ लाख रुपैयाँ खुद नाफा  कमाएको छ ।  यो गत वर्षको यसैअवधिको तुलनामा २२५.१४ प्रतिशत धेरै हो । गत वर्ष यसले २ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यसको विद्यतु बिक्रीबाट हुने आम्दानी १४ करोड ३२ लाख रुपैयाँबाट बढेर १७ करोड ७८ लाख रुपैयाँ पुगेको छ । जसकारण नाफामा सुधार देखिएको हो । यता, कम्पनीको वित्तीय खर्च पनि ७ करोड ५६ लाख रुपैयाँबाट ५ करोड ९ लाखमा झरेको छ ।

चुक्ता पुँजी ७४ करोड ८४ लाख रुपैयाँ रहेको यस हाइड्रोपावरको जगेडा कोषमा ९ करोड ११ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११.३५ रुपैयाँ (वार्षिक) रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ११२.१८ रुपैयाँ छ ।

 

 

gold
kumari bank