नेपालमा २०२५ मोडलको टियागो ईभीको डेलिभरी सुरु
थप फिचर्स, थप प्रविधि, अत्याधुनिक डिजाइन र आकर्षक कलरको साथ पुरानै मूल्यमा

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा टियागो.ईभी २०२५ को बुकिङको साथै डेलिभरी सुरु गरेको छ ।
उच्च कार्यक्षमता, अत्याधुनिक डिजाइन, प्रयोगकर्तामैत्री सुविधा एवम् अन्य धेरै नयाँ डिजिटल विशेषताको साथ टियागो.ईभी २०२५ मोडल पुरानै सुरुवाती मूल्य अर्थात २७ लाख ४९ हजार रुपैयाँमा नेपालमा आएको छ ।
टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खंडेलवाल भन्छन्, ‘नेपालमा हाम्रा विद्युतीय सवारीसाधनहरूको भव्य सफलताले हामीलाई नयाँ २०२५ टियागो।ईभी प्रस्तुत गर्न उत्प्रेरित गरेको हो ।
टाटा टियोगो ईभी आरामदायी तथा क्लच र गियरको झन्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङका लागि सहज, किफायती र वातावरणमैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ ।
त्यसैले टाटा मोटर्स पूर्ण आशावादी छ कि २०२५ टियागो।ईभीले आफ्नो बिरासत कायम राख्दै बिगतझैँ नेपालकै सबैभन्दा बढी बिक्री हुने विद्युतीय ह्याचब्याक बनिरहने छ ।’
सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठका अनुसार टियागो।ईभी नेपाली बजारमा सर्वाधिक लोकप्रिय विद्युतीय ह्याचब्याकको रुपमा स्थापित भइसकेको छ ।
यसमा सबैभन्दा सुरक्षित, सरल एवं आरामदायी ढंगले नेपालको सहरी क्षेत्रमा यात्रा गर्न सकिने हुनाले यो सफलता सम्भव भएको हो ।
यसको नयाँ मोडल २०२५ टियागो.ईभी पनि आधुनिक रंग, डिजाइन, प्रविधि र सुरक्षाको दृष्टिकोणले अझ बढी अब्बल छ । उनले यो ईभीले पनि धेरै भन्दा धेरै नेपाली ग्राहकहरुको माया र विश्वास जित्ने विश्वास व्यक्त गरे ।
कम्पनीका अनुसार नयाँ टियागो।ईभी २०२५ मोडलमा २६.०३ सेमीको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम लगायत वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेको सुविधा उपलब्ध छ ।
सुरक्षाको दृष्टिकोणले दुइटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम र हिल होल्ड कन्ट्रोल जस्ता विशेषताहरु यसमा छन्।
टियागो।ईभीमा आईपी ६७ रेटेड ब्याट्री प्याक समावेश गरिएको छ जस कारणले नेपालको जस्तोसुकै भूगोलमा पनि बिना कुनै झन्झट उत्कृष्ट ढंगले कार्य गर्नेछ।
साथै कुल्ड ग्लोभबक्स, क्रुज कन्ट्रोल र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरुले एक विल्कुलै आरामदायी यात्राको अनुभव प्रदान गर्छ ।
यो गाडी स्लिक एलईडी हेडल्याम्प, डीएलआर र आर१४ हाइपरस्टाइल ह्विलले सुसज्जित छ, जसको कारण गाडी स्पोर्टी र अत्याधुनिक देखिन्छ ।
टियागो.ईभी २०२५ बुकिङको लागि ९८०१०१३४६९ मा फोन गर्न वा कम्पनीको वेबसाइट प्रयोग गर्न सकिन्छ ।