कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफामा गिरावट

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८८ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १४.२६ प्रतिशत कम हो । गत वर्ष यस हाइड्रोपावर कम्पनीले १ करोड ३ लाख १९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यसको विद्युत बिक्रीबाट हुने आम्दानी २ करोड १६ लाख रुपैयाँबाट घटेर १ करोड ९९ लाख रुपैयाँ कायम भएको छ । उक्त आम्दानी घट्दा नाफामा दबाब परेको हो । यता, वित्तीय खर्च ३४ लाख ७४ हजारबाट घटेर १८ लाख ७० हजार रुपैयाँ कायम भएको छ ।
१२ करोड १८ लाख ६७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कुथेलीको जगेडा कोषमा ६ करोड १८ लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी १४.५२ रुपैयाँ (वार्षिकीकरण) र प्रतिसेयर नेटवर्थ १५०.७३ रुपैयाँ रहेको छ ।
यसको प्रतिकित्ता सेयर भाउ २४ सय ९९ रुपैयाँ रहेको छ । यो हाइड्रोपावर समूहको सबैभन्दा महँगो सेयर भएको कम्पनी हो ।