ङादी ग्रुप पावरको हकप्रद शेयरमा आवेदन दिने समय थप

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको हकप्रदमा आवेदन दिने समय थप गरिएको छ । समय थपिएपछि लगानीकर्ताले माघ २९ गतेसम्म आवेदन दिन पाउनेछन् । यसअघिको म्याद आज सकिँदै थियो ।
कम्पनीले चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपियाँ बराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित दरका १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ ।
हकप्रद शेयर निष्कासनार्थ कम्पनीले मंसिर १८ गते बुक क्लोज गरिसकेको छ । मंसिर १७ गतेसम्म कायम शेयरधनीले हकप्रदमा आवेदन दिन पाउने छन् ।