साहस ऊर्जाद्वारा ८ प्रतिशत लाभांश घोषणा
शतप्रतिशत हकप्रद निष्कासन गर्ने
काठमाडौं । साहज ऊर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले चुक्ता पुँजी साढे ३ अर्बबराबरको ८ प्रतिशतले हुन आउने २८ करोड बराबरको २८ लाख कित्ता बोनस शेयर वितरण गर्नेछ ।
साथै, बोनस शेयरपछि वृद्धि हुन आउने चुक्ता पुँजीको १ः१ अनुपातमा १०० रुपियाँ अंकित दरमा ३७ करोड ८० लाख कित्ता हकप्रदसमेत जारी गर्नेछ ।
लाभांश प्रस्ताव र हकप्रद शेयर निष्कासन प्रस्ताव पारित गर्न कम्पनीले एकैपटक ४ आर्थिक वर्षको साधारणसभा डोकेको छ । साधारण सभा, कात्तिक ४ गते बिहान कार्की ब्यांक्वेट बबरमहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
साधारण सभाले आर्थिक वर्ष २०७७/७८, २०७८/७९, २०७९/८० र २०८० /८१ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।
त्यस्तै, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पाश्रिममिक निर्धारण गर्ने, बोनस शेयरमा लाग्ने ०/४२१ प्रतिशतका दरल नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने, परियोजनाका लागि लिइएको थप ऋण अनुमोदन गर्ने लगायतका एजेन्डा रहेका छन ।