माण्डु हाइड्रोपावरको नाफा बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा माण्डु हाइड्रोपावरको खुद नाफा १२.३२ प्रतिशतले बढेर २२ करोड १५ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले १९ करोड ७२ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । वित्तीय खर्च घटेको कारण यस कम्पनीको खुद नाफा बढेको हो ।
१ वर्षमा वित्तीय खर्च २३.८४ प्रतिशतले घटेर १७ करोड १३ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको वित्तीय खर्च २२ करोड ५० लाख १८ हजार रुपैयाँ थियो । यता, विद्युत् बिक्रीबाट हुने अम्दानी, कुल अम्दानी र सञ्चालन नाफा लगयातका सूचक भने घटेको छ ।
विद्युत् बिक्रीबाट हुने आम्दानी २।७६ प्रतिशतले घटेर ५८ करोड २० लाख ६ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन आम्दानी ४।४१ प्रतिशतले घटेर ५० करोड ४० लाख ३९ हजार रुपैयाँमा झरेको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ५३ पैसा छ ।