citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मिस एण्ड मिस नेशनलमा ५ प्रतियोगी विजयी

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार बेलुका सम्पन्न ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ मा मिस इन्टरकन्टिनेन्टल नेपाल आयुष्नोभा ढुंगानाले जितेकी छन् ।

यस्तै सो प्रतियोगितामा सजिना खनालले मिस सुप्रा नेसनल र धीरजकाजी बस्नेतले मिस्टर सुप्रा नेसनलको उपाधि हाँसिल गरेका छन् । प्रतियोगितामा मिस ग्लोब नेपालको उपाधि मोनिका अधिकारीले, पुरुषतर्फको क्षितिज श्रेष्ठ क्षत्री मिस्टर इन्टरनेसनल नेपाल बन्न सफल भए ।

महिलातर्फ रजिता पराजुली फर्स्ट रनरअप र संस्कृति भट्ट सेकेन्ड रनरअप बने भने अदिती श्रेष्ठले पब्लिक च्वाई अवार्ड प्राप्त गरिन् । कार्यक्रममा पुरुषतर्फ मिलन भट्टराई र सन्देश सिटौला क्रमशः फर्स्ट रनरअप र सेकेन्ड रनर अप बनेका छन् ।

सनुर्वी इन्टरनेसनलले आयोजक रहेको प्रतियोगिताको फिनाले पूर्व मिस नेपाल माल्भिका सुब्बाले होस्ट गरेकी थिइन् । महिला र पुरुष मोडलहरु संयुक्त रुपमा सहभागी प्रतियोगिताको फिनालेमा टप २९ जना प्रतिस्पर्धीहरु सहभागी थिए ।

आयोजकका अनुसार मिस्टर एण्ड मिस सुप्रा नेसनल नेपाल २०२४ लाई पोल्यान्ड, मिस्टर इन्टरनेसनल नेपाल २०२४ लाई थाइल्यान्ड, मिस ग्लोब नेपाल २०२४ लाई अल्बानिया र मिस इन्टर कन्टिनेन्टल नेपाल २०२४ लाई इजिप्टसमेत पठाइने छ ।

दीक्पाल कार्कीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा फिनालेको निर्णायकमा डा.सन्तोष उपाध्याय, प्रिया सिग्देल, पुष्प खड्का, लक्ष्मण गौतम, मधुसुधन अर्याल, दीपा गुरुङ, राजु केसी, विवेकसिंह ठकुरी र पुष्पा भुसालले निर्वाह गरेका थिए ।

himalayan life insurance
igi long