stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन आजदेखि काठमाडौँमा हुँदै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा हुँदैछ । शुक्रबार र शनिबार राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ । त्यसअघि शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने कार्यक्रम रहेको छ ।

केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरू काठमाडौंमा आइसकेका छन् । केन्द्रीय महाधिवेशनमा राष्ट्रिय परिषद् सदस्यहरू सहभागी हुन्छन् ।

महासंघको विधान बमोजिम शुक्रबार र शनिबार महासंघको साधारण सभा तथा महाधिवेशन आगामी जेठ १९ गते निर्वाचन गर्ने कार्यक्रम रहेको अध्यक्ष विपुल पोखरेलले जानकारी दिए ।

अध्यक्ष पोखरेलका अनुसार महाधिवेशनमा महासचिव रोशन पुरीको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक माथि छलफल हुनेछ ।

आमसञ्चार क्षेत्रको समसामयिक समस्या, चुनौती र सम्भावनालाई समेत महाधिवेशनमा छलफलको विषय बनाउने र निष्कर्षमा पुग्ने महासंघले जनाएको छ ।

बिहीबार बसेको महासंघको केन्द्रीय कार्यसमितिको बैठकले जेठ १९ गते केन्द्र, प्रदेश र जिल्ला शाखाहरूको निर्वाचन गर्ने मिति तोकेको छ ।

महासंघले २६ औँ महाधिवेशनदेखि नै प्रत्यक्ष निर्वाचनको अभ्यास गर्दै आएको छ । महासंघको नेतृत्व चयनका लागि देशभरिबाट सबै साधारण सदस्यहरूले मतदान गर्नेछन् ।

prabhu mahalaxmi
kumari bank
kumari