citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

पिपुल्स पावरको वार्षिक साधारण सभा सम्पन्न

हकप्रद निष्काशन प्रस्ताव पारित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । पिपुल्स पावरको वार्षिक साधारण सभा सोमबार (वैशाख १७ गते) सम्पन्न भएको छ ।

साधारण सभाले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

साथै, साधारण सभाले हकप्रद निष्काशनसँग सम्बन्धित कार्य गर्न र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

त्यस्तै, संस्थापक समूहको तर्फबाट १ जना महिला सहित ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालक निर्वाचन गर्ने छ भने १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत २९ गते बुकक्लोज गरेको थियो। तसर्थ, चैत २८ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन पाएका थिए ।

कम्पनीको छैठौं र सातौं वार्षिक साधारण सभा लिसारा ब्यांकेट नक्साल, काठमाडौंमा सम्पन्न भएको हो ।

himalayan life insurance
igi long