citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सिंगटी हाइड्रो इनर्जीको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज फागुन २२ गते अन्तिम दिन

कम्पनीले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता सेयर बिक्री खुला गरेको हो ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज मंगलबार फागुन २२ गते अन्तिम दिन हो । आज मंगलबार बैंकिङ समयसम्म यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक कुमारी क्यापिटलले जानकारी गराएको छ ।

सिंगटी हाइड्रोले फागुन २ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।

हकप्रद सेयरको लागि कम्पनीले पुस २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १९ गतेसम्म कायम लगानीकर्ताले सेयर दाबी गर्न पाउनेछन् । यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ । यस हकप्रद सेयरमा कुमारी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।

यसहकप्रद सेयरमा कुमरी क्यापिटल र कुमारी बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।

himalayan life insurance
igi long